Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


कांग्रेसमा फेरि विवाद : विभाग थप्ने देउवाको प्रस्ताव


0
Shares

काठमाडौं । विभागको संख्या बढाउने गरी सभापति शेरबहादुर देउवाले प्रस्ताव ल्याउने तयारी गरेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

बिहीबार बोलाइएको केन्द्रीय समिति बैठकमा आसन्न उपनिर्वाचनका सम्बन्धमा छलफल गर्ने भनिए पनि सभापति देउवाले विभाग संख्या बढाउने प्रस्ताव बैठकमा राख्ने तयारी गरेका थिए ।

सभापति देउवाको प्रस्तावमाथि वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए ।

पौडेल पक्षधर नेताहरू बैठकमा सहभागी नभएपछि सभापति देउवाले बैठक स्थगन गरेका हुन् । ‘पदाधिकारी बैठकमा भएका सल्लाहभन्दा फरक प्रस्ताव बैठकमा आउन थालेपछि बैठक बस्न सकेन,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘किन उहाँहरूले एकपछि अर्को गरी फरक एजेन्डा ल्याउनुभयो, थाहा भएन।’

बुधबारको पदाधिकारी बैठकमा आसन्न उपनिर्वाचनमा उम्मेदवार चयन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्ने सहमति भएको थियो ।

तर देउवाले पदाधिकारी बैठकमा भएको सहमतिबाहिर गएर विभागको संख्या बढाउने प्रस्ताव राखेपछि संस्थापनइतर नेताहरू चिढिएका हुन्। -अन्नपूर्ण पोष्ट दैनिकबाट