
इलाम । इलामको सूर्योदय नगरपालिकामा आगामी मङ्सिर १४ गतेदेखि पाँच दिने सूर्योदय नगर पर्यटन महोत्सव २०७६ हुने भएको छ ।
पर्यटन वर्ष २०२० लाई सहयोग पुग्ने उेद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
धेरै पर्यटकीय स्थलहरू रहेको सूर्योदय नगरपालिकाको महोत्सवमा आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकको बढी आगमन हुने अपेक्षा गरिएको छ ।
सूर्योदय दृश्यावलोकन गर्न यो मौसममा यहाँ धेरै पर्यटक आउने गर्दछन् ।
सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरीको रूपमा चिनाउने महोत्सवको मुख्य उद्देश्य रहेकोे उपप्रमुख दुर्गादेवी भट्टराईको भनाई छ ।
महोत्सवको पाँच दिनमा विभिन्न स्थानमा अलगअलग कार्यक्रम हुनेछन् ।
सूर्योदयको दृश्यावलोकनका लागि चर्चित स्थल वडा नम्बर ४ र ५ स्थित अन्तुडाँडा र परिसरमा महोत्सवको पहिलो दिन विशेष कार्यक्रम गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्