कार्यकर्ता आक्रमणप्रति सत्तारुढ नेकपाको आपत्ति • Image Khabar Image Khabar


कार्यकर्ता आक्रमणप्रति सत्तारुढ नेकपाको आपत्ति


Imagekhabar
६ कार्तिक २०७६, बुधबार १९:५४

कार्यकर्ता आक्रमणप्रति सत्तारुढ नेकपाको आपत्ति

काठमाडौं, कात्तिक ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा बुधबार नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ ।

बुधबार बिहान नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह र अनेरास्ववियुका जिल्ला सदस्य विशाल बस्नेतलगायतलाई बारेकोटको लैखमभीरमा आक्रमण गरी सख्त घाइते बनाएको नेकपाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेकपाका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘त्यस प्रकारको बर्बर आक्रमणको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । आक्रमणकारीलाई कडा कानुनी कारबाही गर्न सम्बद्ध निकायको ध्यानकार्षण गराउँदछ ।’ रासस

प्रतिक्रिया दिनुहोस्