
काठमाडौं । नेपालमा हरेक वर्षको अन्तिममा मात्र पूँजीगत खर्च बढ्ने जाने प्रवृत्ति यो बर्ष पनि उस्तै रह्यो ।
समयमा बजेट आएर संघीयता कार्यान्वयनमा आउँदा समेत बजेट खर्च गर्ने प्रवृत्ति उस्तै रहेको प्रति चिन्ता व्यक्त गरिंदै आएको छ ।
प्रत्येक आर्थिक बर्षको जेठ र आषाढमा पुँजीगत खर्च अधिक हुने गरेको महालेखा नियन्त्रण कार्यालयको तथ्यांकले देखाउँछ ।
बरिष्ठ अर्थविद डा. चन्द्रमणी अधिकारी सरकारको अनुगमन र नियमनको अभावका कारण यस्तो प्रवृत्तिमा सुधार आउन नसकेको बताए ।
वर्षको अन्तिम समयमा मात्र बढने गरेको यस्ता खर्च हेर्दा वित्तिय अनुशासन कमजोर रहेको र कानुनको पालना हुन नसकेको पुष्टि हुने उनको भनाइ छ ।
नियमपूर्वक ठिक समयमा सही तरीकाले काम भएमात्र आयोजनाहरुमा गुणस्तरियता कायम भै विकासमा योगदान पुग्छ ।
यसका लागि सरकार बेलैदेखि गम्भिर हुनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्