
काठमाडौं, जेठ ३१ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता दीनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई सद्भावपूर्ण र आर्थिक समृद्धिको भ्रमणको संज्ञा दिएका छन् ।
आर्थिक समृद्धि र छिमेकीसँग राम्रो सम्बन्ध विस्तारमा चीन भ्रमणले सघाउने उनको भनाइ छ ।
बिहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले संसद विकासका लागि दातृनिकाय युएनडीपीसँग सम्झौता गर्नु उचित नभएको धारणा राखे ।
सोही कार्यक्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्रीको चीन भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग गर्ने बताए ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणकाक्रममा लिपुलेक विवादकाबारेमा बलियोसँग कुरा राख्नुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया दिनुहोस्