 
	    सुनसरी । नेपाली कांग्रेस सुनसरीले पार्टी कार्यालय भवन आइसोलेसन सञ्चालनको लागि इनरुवा नगरपालिकाको जिम्मा लगाएको छ ।
कांग्रेस प्रदेश १ संसदीय दलका नेता तथा कांग्रेस सुनसरी सभापति राजिव कोइरालाले इनरुवामा रहेको जिल्ला पार्टी कार्यालयको भवन नगरपालिकाले आवश्यकता अनुसार प्रयोजनमा ल्याउने गरी जिम्मा दिएको बताउनुभयो ।
कोइरालाले विषम परिस्थितिमा जनताको स्वास्थ्यको ख्याल गर्नु प्रमुख दायित्व भएको भन्दै पार्टी कार्यालयको भवन नगरपालिकाको जिम्मा लगाइएको बताउनुभयो । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले कांग्रेस पार्टी कार्यालयमा ३० बेडको अक्सिजन सहितको आइसोलेशन बनाउन सुरु गरिएको बताउनुभयो ।
उहाँले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी कोरोना संक्रमित नगरवासीको उपचारार्थ एम्बुलेन्सका रुपमा प्रयोग गर्ने बताउनुभएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्