२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


आँखुखोलाले आईपिओ निष्कासन गर्दै


0
Shares

काठमाडौं । आँखुखोला जलविद्युत आयोजनाले साधारण सेयर निष्कासन गर्ने भएको छ ।

आयोजनाले  साउन १७ गते आयोजना प्रभावित स्थानियका लागी पहिलो चरणमा  १० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित धादिङका स्थानियले सेयर लगानी गर्न पाउने छन् ।

आयोजनाले ८ करोड रुपैँयाको ८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

आयोजनाको आईपिओको लागी भदौ १५ गतेसम्म निवेदन दिइसक्नु पर्ने हुन्छ ।

साधारण सेयरका लागी ५० देखि ४ हजार कित्तासम्म भर्न पाईने छ ।

कम्पनीले धादिङ जिल्लामा ८.४ मेगावाटको आँखुखोला १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।