
काठमाडौं । कृत्रिम अभाव देखाएर व्यवसायीले खाद्यान्नमा मूल्यवृद्धि गराएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गत बिहीबारदेखि निषेधाज्ञा गरेसँगै बजारमा सामानको कृत्रिम अभाव गराई व्यवसायीले कालोबजारी गरेका हुन् ।
एक साताको अवधिमा बजारमा खाने तेल, चिनी, दाल, चामल, गेडागुडीको मूल्य बढेको छ । बजारमा पर्याप्त खाद्यान्नको मौज्दात हुँदाहुँदै व्यवसायीले अस्वाभाविक मूल्य बढाउँदा त्यसको असर उपभोक्तामा पर्न गएको हो ।
निजी क्षेत्रका व्यवसायीले निषेधाज्ञा हुनुअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पर्याप्त खाद्यान्न मौज्दात रहेकाले अभाव नहुने बताएका थिए । त्यसलगत्तै बजारमा सामानको मूल्य बढ्न थालेको हो ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले व्यवसायीले कृत्रिम अभाव गराएर खाद्यान्नमा अस्वाभाविक मूल्य बढाएको बताए । खाद्यान्नको मौज्दात पर्याप्त हुँदाहुँदै पनि खाने तmे र चिनीमा मूल्य बढाउँदा त्यसको असर उपभोक्तालाई पर्न गएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्