
काठमाडौं । सरकार र डा. गोविन्द केसी पक्षबीच अझै सहमति हुन सकेको छैन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई पक्षबीच भईरहेको वार्तामा सहमतिको अन्तिम कसरत भईरहे पनि केही विषयमा गतिरोध उत्पन्न भएको जनाइएको छ ।
खासगरी मनमोहन मेडिकल कलेज र उपत्यकामा दश वर्ष मेडिकल कलेज खोल्न नपाउने विषयमा सरकारी पक्षले अझै अडान नछाडेका कारण सहमति हुन नसकेको डा केसी पक्षले जनाएको छ ।
डा. केसी पक्षका वार्ता टोलीका सदस्यहरु पछिल्लो प्रगतिबारे डा केसीलाई जानकारी दिन अनसन स्थलमा जाँदै छन् ।
त्यसअघि आजै दिउँसो सिंहदरबारमा भएको वार्तामा अन्य सात वटा वूँदामा सहमति जुटेको बताइएको छ ।
सिंह दरबारको वार्तापछि डा केसी पक्षका सदस्यहरु अनसन स्थल शिक्षण अस्पताल पुगेर डा. केसीलाई व्रिफिङ गरेका थिए भने त्यसलगत्तै फेरि वालुवाटार पुगेर सरकारी पक्षसंग थप छलफल गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीले गए रातीदेखि आफैले सहमतिका लागि पहल थाल्नु भएको हो ।
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दैै डा. केसी २७ दिनदेखि आमरण अनसनमा छन् ।
प्रतिक्रिया दिनुहोस्