
राजेश जीसी
प्युठान । कोरोना भाइरसको दोस्रो लहर फैलिदै गएको छ । भारत तथा अन्य जिल्लाबाट नागरिकलाई जिल्लाका स्थानीय तहले क्वारेन्टिन तथा आइसोलेसनमा नराखी घर पठाउँदा गाउँमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि भारत तथा जिल्ला बाहिरबाट नागरिक धमाधम घर फर्किएका छन् । कोरोना भाइरसका कारण समस्यामा परेका नागरिकलाई स्थानीय तहले कुनै पनि परिक्षण नगरी सिधै घर पठाउदा कोरोनाको जोखिम बढेको हो ।
कोरोना भाइरसको दोस्रो लहर फैलिदै जाँदा जिल्लाका स्थानीय तहले कोरोना संक्रमण नियन्त्रणका लागि चासो नदेखाउदा समस्या भएको स्थानीय सुमन श्रेष्ठ बताउँनुहुन्छ ।
अहिले जिल्लामा २२१ जनाभन्दा बढि मानिसमा कोरोना भाइरसको संक्रमण भइसकेको छ भने १४ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि अध्ययन तथा रोजगारीका लागी देशका बिभिन्न स्थान र भारतमा पुगेका नागरिकहरु गाउँ फर्किएका छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागी जिल्लालाई एक साताका लागी लकडाउन गरेको प्रमुख जिल्ला अधिकारी खिमप्रसाद भुषालले बताउनु भयो ।
समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीय तहलाई निर्देशन दिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिन नदिन ब्यापक परिक्षण गर्नुपर्ने भएपनि प्रदेश सरकारले प्रर्याप्त किटको ब्यवस्था नगर्दा समस्या भएको स्वास्थय कार्यालय प्यूठानका निमित्त प्रमुख मधुसुदन खड्ककाले बताउनभयो ।
कोरोना भाइरसको दोस्रो लहर समुदायस्तरमा फैलिन नदिन परिक्षणको दायरालाई बढाउनुपर्ने अबश्यकता छ भने भारत तथा अन्य स्थानबाट आएका नागरिकलाई १४ दिनसम्म क्वारेन्टिनमा राख्नुपर्नेछ ।
यसका लागी स्थानीय तह लगायतका निकायले चासो दिनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्