२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


बुटवलमा अक्सिजन बैंक


0
Shares

काठमाडौं । कोारेना संक्रमितका लागि अक्सिजन अब बैंकबाट समेत लिन सकिने भएको छ । संक्रमित संख्या बढ्दै जाँदा अक्सिजन अभाव हुन थालेपपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मंगलबार अक्सिजन बैंकको सुरुवात गरेको हो ।

होम आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई बैंकद्वारा अक्सिजन उपलब्ध गराइनेछ । आवश्यक परेकालाई स्वास्थ्यकर्मीसहितको टोललिे तत्काल पुर्याउने गरी अक्सिजन बैंक सेवा सुरु गरिएको उपमहानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए।

‘अहिले पहिलो लटमा एक सय सिलिन्डर खरिद गरेका छौं,’ उनले भने, ‘रिफिल र सेटअपको थालनी भएको हो, खपतका आधारमा बढाउछौं ।’ यसका लागि पहिलो चराण्मा १० लाख रुपैयाँ खर्च गरिएको छ । उनका अनुसार अक्सिजन रिफिलमा लायन्स क्लबले सहयोग गर्नेछ ।

अक्सिजन बिरामीसम्म् पुर्याउन, जडान र रेखदेखसम्म उपमहानगर सहरी स्वास्थ्य केन्द्रका ८ स्वास्थ्यकर्मी र कर्मचारीले बैंकअन्र्तगत काम गर्ने प्रमुख खनालले जानकारी दिए । यस्तै, नेपालगन्जस्थित भेरी अस्पतालमा २० हजार लिटर क्षमताको अक्सिजन लिक्विड ट्यांक भारतबाट ल्याएपछि सहज भएको छ । ट्यांकबाट नै पाइप जोडेर बिरामीको बेडसम्म अक्सिजन लगिनेछ ।

कान्तिपुर