
काठमाडौं, कात्तिक ३ । ज्यानमार्ने उद्योगको आरोप लागेका दोलखाबाट निर्वाचित सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङलाई काठमाडौंं जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ ।
दोलखाका वीरध्वज खड्काको ज्यानमार्ने उद्योगको मुद्दा लागेका गुरुङ आइतबार अदालतमा उपस्थित भएकामा अदालतले साधारण तारेखमा छाड्ने निर्णय गरेको हो ।
२०७४ जेठमा काठमाडौंको चाबहिलमा तत्कालीन माओवादी कार्यकर्ता खड्कामाथि गुरूङको निर्देशनमा आक्रमण गरिएको दाबीसहित गएको वैशाखमा मुद्दा परेको थियो ।
उक्त मुद्धामा काठमाडौं जिल्ला अदालतले गएको असोज ८ गते गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्