गणेश थापाको आत्मकथा आउँदै • Image Khabar Image Khabar


गणेश थापाको आत्मकथा आउँदै


Imagekhabar
३ कार्तिक २०७६, आईतवार १८:०८

गणेश थापाको आत्मकथा आउँदै

काठमाडौं, कात्तिक ३ । एसियाली फुटबल महासंघ (एएफसी)का पूर्वउपाध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाको आत्मकथा आउने भएको छ ।

बुकहिल पब्लिकेसनबाट प्रकाशन हुने ‘गणेश थापा’ पुस्तकको आवरण आइतबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरियो ।

आउँदो फागुनमा प्रकाशित हुने दाबी गरिएको सो पुस्तक पत्रकार हिमेशरत्न बज्राचार्यले सहलेखन गरेका छन् ।

आवरण सार्वजनिक कार्यक्रममा थापाले आफ्नो बाल्यकालदेखि नेपाली फुटबलको विकासक्रमसँगै उनले हासिल गरेका सफलता, असफलता र विवादलगायतका विषयलाई समेटिएको बताएका छन् ।

पछिल्ला पाँच वर्षमा विवादबाट गुज्रेका थापाले आफूलाई जबर्जस्ती विवादमा पारिएको दाबी गर्दै यसै पुस्तकबाट यथार्थ छर्लंग पार्ने प्रयाससमेत गरेको बताए ।

सहलेखक बज्राचार्यले सत्यकुराहरुमात्र समेट्ने प्रयास पुस्तकले गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्