१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


स्वास्थ्य सामाग्रीका लागि भारतकै भर


0
Shares

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरका कारण भारत आक्रान्त छ । खुला सिमानाका कारण त्यसको असर नेपालमा पनि पर्न थालेको छ। संक्रमण रोकथामका लागि सरकारले उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लगाइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले वैशाख १७ गते विज्ञप्ति जारी गरी स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न नसकिने भइसकेको जनाएको छ । त्यसका बाबजुद सरकारले आवश्यक स्वास्थ्य सामाग्री ल्याउने सवालमा भने भारतकै मुख ताकिरहेको छ।

अस्पतालबाहिर आइसोलेसन कक्ष बनाएर संक्रमितलाई रोक्न सरकारले अर्को छिमेक चीनलगायतका मुलुकहरुसँग स्वास्थ्य सामाग्रीका लागि आग्रह गर्न सक्थ्यो तर त्यसतर्फ पहल भएको देखिन्न ।

नेपालले आफैं कोरोनासँग संघर्ष गरिरहेको भारतबाटै सहयोगको आशा गरिरहेको छ, जबकि भारतले चाहिं चीनबाट मेडिकल सरसामान बोकेका ६१ कार्गो फ्लाइटहरु भारत पुगेका छन्, जसमा मुख्यतः अक्सिजन जेनेरेटर र अक्सिजन कन्टेनरहरु रहेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

कान्तिपुर