युवतीको विभत्स हत्या • Image Khabar Image Khabar


युवतीको विभत्स हत्या


Imagekhabar
३ कार्तिक २०७६, आईतवार १४:२४

युवतीको विभत्स हत्या

भोजपुर, कात्तिक ३ । षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ ।

षडानन्द नगरपालिका–१, नेपालेडाँडाबाट खेल हेरेर घर फर्कंदै गरेकी वडा नम्बर–३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नम्बर–२ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीको भनाइ छ ।

हाटबाट फर्कंदै गरेका कल्पना राई र घाइते १८ वर्षीया नवीना राईमाथि धारिलो हतियार प्रयोग भएको हो ।

मृतक कल्पनाको शरीरको विभिन्न भागमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो भने घाइते नवीनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घटनामा संग्लग्न भएको आशंकामा प्रहरीले षडानन्द नगरपालिका–३ का २१ वर्षीय प्रदीप बस्नेतलाई आइतबार बिहान पक्राउ गरेको छ ।

घटनाको विषयमा अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्