‘सर्वोच्चको फैसलाले प्रदेश–१ बाहेकका प्रदेशहरु समस्यामा’ • Image Khabar Image Khabar


‘सर्वोच्चको फैसलाले प्रदेश–१ बाहेकका प्रदेशहरु समस्यामा’


Imagekhabar
२ कार्तिक २०७६, शनिबार १९:१०

‘सर्वोच्चको फैसलाले प्रदेश–१ बाहेकका प्रदेशहरु समस्यामा’

धनकुटा, कात्तिक २ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले आफूहरुले संविधानलाई सूक्ष्मरुपले अध्ययन गरेर कानुन बनाएको दाबी गरेका छन् ।

शनिबार धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले स्थानीय जनप्रतिनिधिले तलब लिन नपाउने सर्वोच्च अदालतको फैसलाले प्रदेश–१ बाहेकका प्रदेशहरु समस्यामा परेको बताए ।

धेरै कानुन बनाउनुपर्ने भएपनि हरेक मन्त्रालयमा दक्ष जनशक्तिको अभावले केही ढिलाइ भएको उनको भनाइ थियो ।

मुख्यमन्त्री राईले संविधानको अधिनमा रही प्रदेश–१ ले हालसम्म ४३ ओटा कानुन बनाएको जानकारी दिए ।

कार्यक्रममा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरी र मोरङका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्