१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024


१९ किलो चाँदीसहित युवक पक्राउ


0
Shares

निजगढ, कात्तिक २ । बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एकजना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–६, सतुवाही नाकाबाट १९ किलो १०० ग्राम चाँदीसहित बाराको बारागढी गाउँपालिका–६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट गोलागन्जबाट खटिएको प्रहरी टोलीले साहलाई विशेष सुराकीको आधारमा सो परिमाणको चाँदीसहित नियन्त्रणमा लिएको हो ।

भारतबाट बीआर०६एम १०६० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले बताए । 

बरामद चाँदीको बजार मूल्य करिब रु १४ लाख रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान र कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको छ ।

बेवारिसे पेस्तोल बरामद

बाराको करैयामाई गाउँपालिका–१ स्थित जन सामुदायिक माध्यमिक विद्यालयको प्रांगणमा बेवारिसे पेस्तोल फेलापरेको छ ।

विद्यालयको उत्तरपश्चिम कुनामा रहेको सेफ्टीट्यांकीनजिक कालो प्लास्टिकमा बेरी ढुंगामुनि लुकाइ–छिपाइ राखेको बेवारिसे पेस्तोल बरामद गरेको बारा प्रहरीले जनाएको छ ।

विशेष सुराकीका आधारमा १० इन्च लामो एकथान अवैध घरेलु नलकटुवा पेस्तोल फेलापरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

बरामद गरिएको सो पेस्तोलबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ । रासस