
काठमाडौं, बैशाख १८ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा बुटवल लुम्बिनी एफ.सी र विराटनगर एफ.सी बराबरीमा रोकिएका छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
बुटवलका लागि ओमोलाजा नुरिन करिम र लक्ष्मण रुचालले १–१ गोल गरे ।
विराटनगरका पेड्रो मान्जी र सन्तोष तामाङले १–१ गोल फर्काए ।
यस बराबरीसँगै बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बुटवलले ३ खेलमा ५ अंक जोडेको छ ।
बुटवल लिगको दोस्रो स्थानमा रहेको छ । विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ । विराटनगर तेस्रो स्थानमा रहेको छ ।
यसअघि, आजै भएको पहिलो खेलमा धनगढी एफ.सीले दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एफ.सी चितवनलाई ३–० ले पराजित गर्दै धनगढीले दोस्रो जित निकालेको हो ।

धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले १–१ गोल गरेका थिए ।
यो जितसँगै धनगढी ४ खेलबाट ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिेको छ ।
प्रतिक्रिया दिनुहोस्