२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


थप ५७६३ संक्रमित, १९ जनाको मृत्यु


0
Shares

काठमाडौं, बैशाख १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २४९५ जना संक्रमित थपिएका छन् ।

जसमध्य काठमाडौंमा १९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १२८७ जना संक्रमणमुक्त भएका छन् ।

देशभर पछिल्लो २४ घण्टामा १४ हजार ४०३ पीसीआर तथा ५६६ एन्टिजेन परीक्षण भएको छ ।