काठमाडौं, कात्तिक २ । चिलीमा मूल्यवृद्धिको विरोधमा चर्किएको प्रदर्शन हिंसात्मक बनेपछि राजधानी सान्टियागोमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।
मेट्रोरेलको टिकटमा गरिएको मूल्यवृद्धिको विरोधमा स्कुल तथा विश्वविद्यालयका विद्याथीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरुले मेट्रोरेल सेवाका विभिन्न संरचना व्यापक तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरुले प्रहरीको गाडी तोडफोड गर्नुका साथै केहीमा आगजनीसमेत गरेका छन् । प्रदर्शन नियन्त्रणका लागि दंगा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
शान्ति–सुव्यवस्था कायम गर्न आपत्कालीन अवस्थाको घोषणा गरिएको भन्दै राष्ट्रपति सेबास्टिन पिनेराले वार्ताका लागि आह्वान गरेका छन् ।
चिलीमा राजधानी सान्टियागोको महँगो जीवनशैलीलगायतका कारण पनि आर्थिक सुधारको माग बढ्न थालेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्