Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


बालक अपहरण र हत्यामा तीनजनामाथि मुद्दा दायर


0
Shares

वीरगञ्ज । करीब दुई महिनाअघि बालक अपहरण गरी हत्या गरेको आभियोगमा एक महिलासहित तीनजना माथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने रामप्रवेश साह, सोही ठाउँ बस्ने पार्वतीदेवी गिरी तथा भारतको बेतिया बस्ने सुरज गिरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ जितपुर बस्ने ललनप्रसाद साहका नौ वर्षीय छोरा अंकित साहलाई अपहरण गरी हत्या गरेको आरोप लागेको थियो

अपहरणकारीहरुले अंकितलाई जेठ २२ गते साँझ मोटरसाइकलमा राखेर अपहरण गरी लगेर पटक पटक गरी रु ६४ लाख ५० हजार फिरौती रकम लिएर केही दिनपछि हत्या अनुसन्धानमा खुल्न आउको छ ।

बालकको शव साउन ३ गते पर्साको जगरनाथपुरको गण्डक नहर छेउमा सडेको अवस्थामा फेला परेको थियो । सो घटनामा संलग्न अन्यको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।