फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन विजयी • Image Khabar Image Khabar


फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन विजयी


Imagekhabar
२ कार्तिक २०७६, शनिबार ०९:०५

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन विजयी

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले नाईसमाथि प्रभावशाली जित निकालेको छ ।

गएराति भएको खेलमा पीएसजीले नाईसलाई ४–१ गोल अन्तरले हराएको हो । पीएसजीको जितमा एन्जल डी मारियाले दुई, केलियन एम्बाप्पेले र इकार्डीले समान एक एक गोल गरे ।

नाईसको गनागोले एक गोल गरे । खेलको पहिलो हाफमै पीएसजीले तीन गोल गर्न सफल भयो ।

दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै पीएसजीले ४–१ को प्रभावशाली जित निकाल्न सफल रह्यो ।

दोस्रो हाफमा घरेलु टोलीका दुई खेलाडी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि नाईस ९ खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको थियो ।

७४ औ मिनेटमा विलेन साईप्रिन र ७७ औ मिनेटमा क्रिस्टोफ हेर रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

पीएसजी १० खेलबाट २४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । नाईस १३ अंक सहित नवौ स्थानमा यथावत छ ।

 

प्रतिक्रिया दिनुहोस्