अमेरिकी वायुसेनाको विमान दिल्लीमा, सहयोग सामग्री हस्तान्तरण « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


अमेरिकी वायुसेनाको विमान दिल्लीमा, सहयोग सामग्री हस्तान्तरण


0
Shares

एजेन्सी । कोरोना महामारीबाट जुधिरहेको भारतमा अमेरिकाले सहायत सामग्री पठाएको छ ।

अमेरिकाले मद्दतको पहिलो खेप शुक्रबार बिहान भारतमा झारिएको छ । अमेरिकी वायुसेनाको जहाजमार्फत पठाइएको सामग्रीमा ४ सयभन्दा धेरै अक्सिजन सिलिण्डर, १० लाख र्यापिड कोरोना टेस्ट र अन्य चिकित्सा उपकरण रहेका छन् ।

यसै हप्ताको सुरुमा अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको लडाईंमा भारतलाई अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।