
काठमाडौं । सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता सहमति नजिक पुगेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा सात बूँदे सहमति भएको र उक्त विषयमा डा केसीलाई व्रिफिङ गरेपछि सहमतिमा हस्ताक्षर हुने संभावना रहेको छ ।
कुन कुन विषयमा सहमति जुटेको भन्ने खुलेको छैन ।
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दैै डा. केसी २७ दिनदेखि आमरण अनसनमा छन् ।
यसअघि बालुवाटारमा सरकार र डा. केसी पक्षबीच सहमति खोज्न सकिने बुँदाहरुमाथि छलफल भएको थियो ।
गए रातभर पनि प्रधानमन्त्री ओलीले केसी पक्षका वार्ताकारहरुसँग छलफल गर्नुभएको बताइएको छ ।
आज विहान सबेरसम्म भएको छलफलमा दुबै पक्षले पहिलो प्राथमिकता डा. केसीको स्वास्थ्यलाई बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्