समवादी यात्रामा नेपाली कम्युनिष्ट र पटाक्षेप भएको साम्यवादी रुमानी सपना • Image Khabar Image Khabar

समवादी यात्रामा नेपाली कम्युनिष्ट र पटाक्षेप भएको साम्यवादी रुमानी सपना

Imagekhabar
१७ बैशाख २०७८, शुक्रबार ११:५६

समवादी यात्रामा नेपाली कम्युनिष्ट र पटाक्षेप भएको साम्यवादी रुमानी सपना

राजन कुईंकेल ।

नेपाली राजनीतिको स्खलित उदाहरण बनेको छ, राजिव गुरुङ उर्फ दिपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकूद मन्त्रीमा नियुक्ति । दिपक मनाङ्गेलाई मन्त्री नियुक्त गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उनको पार्टी नेकपा एमाले र समग्र नेपाली कम्युनिष्ट पार्टीकै बारेमा फेरि एक पटक चर्चा चुलिएको छ ।

उसोत, दिपक मनाङ्गे प्रदेश सांसदका लागि उम्मेदवार बनेकै समयदेखि चर्चामा थिए । मनाङबाट स्वतन्त्र हैसियतमै उठेर पनि उनले प्रदेश सांसदमा विजयको माला पहिर्‍याउन सफल भए । गुण्डागर्दी र विभिन्न हत्या अभियोगसमेत व्यहोरेर पटक पटक प्रहरी हिरासत र कैद जीवन भुक्तान गरेका गुरुङलाई जिताउन वर्तमान सत्तारुढ दल एमालेले सघाएको तथ्य इतिहास बनिसकेको छैन ।

अपराधीकृत हुँदै गएको नेपाली राजनीतिका लागि यो कुनै नौलो घटना त होइन । विधि र कानुनलाई लँगौटी बनाउने घृणित र दण्डहीन राजनीतिको पछिल्लो उदाहरण भने पक्कै हो । सारा जनतालाई समाजवाद र साम्यवादको रुमानी सपनामा मोहनी लगाएर भोट बटुलेको नेपालका कम्युनिष्टहरुले पस्केको राजनीतिमा लगाइएको धब्बा त हो नै । अझ नेकपा एमाले जसले आफूलाई संविधान, कानुन र विधिको शासनको हिमायती भएको दलील पेश गर्दै आएको थियो, सत्ता राजनीतिको अहालमा कतिसम्म गिर्नसक्दो रहेछ भन्ने घटनाको पटाक्षेप पनि हो ।

त्यसमाथि सांसद पदमा शपथ लिएको केही समयपछि एमालेले रातो कार्पेट बिच्याएर पार्टीमै भित्र्याउँदा त्यही पार्टीमा जीवन कटाएकाहरुले धिमा श्वरमै भए पनि आलोचना गरेका थिए । तर राजनीति यति निर्मम र घृणित हुन्छ भन्ने पटाक्षेप हुन धेरै समय लागेन । आफ्नो कर्मका कारण पटक पटक प्रहरी निशानामा परेका मनाङ्गे स्खलित नेपाली राजनीतिका पछिल्ला आइकन हुन् । कुनैबेला हत्कडी लगाउने प्रहरी अब मन्त्रीका रुपमा मनाङ्गेलाई सलामी हान्न बाध्य बनेका छन् ।

अपराधीकृत हुँदै गएको नेपाली राजनीतिका लागि यो कुनै नौलो घटना त होइन । विधि र कानुनलाई लँगौटी बनाउने घृणित र दण्डहीन राजनीतिको पछिल्लो उदाहरण भने पक्कै हो । सारा जनतालाई समाजवाद र साम्यवादको रुमानी सपनामा मोहनी लगाएर भोट बटुलेको नेपालका कम्युनिष्टहरुले पस्केको राजनीतिमा लगाइएको धब्बा त हो नै । अझ नेकपा एमाले जसले आफूलाई संविधान, कानुन र विधिको शासनको हिमायती भएको दलील पेश गर्दै आएको थियो, सत्ता राजनीतिको अहालमा कतिसम्म गिर्नसक्दो रहेछ भन्ने घटनाको पटाक्षेप पनि हो ।

उसोत, कम्युनिष्ट बर्को ओढेर साम्यवादको यात्राका लागि बाधक भन्दै निरापराध सोझा जनताको घाँटी रेटेर शक्ति आर्जन गरी सिंहदरबारको सत्ता चास्नीमा डुबेकाहरुका अघिल्तिर दिपक मनाङ्गे प्रकरणलाई न्यायिक तर्क दिनेहरु पनि उत्तिकै देखिएका छन् । व्यक्तिहत्यालाई राजनीतिक शक्ति हत्याउने माध्यम बनाएकाहरुले मनाङ्गेको मन्त्री नियुक्तिप्रति उठाएको सवालमा जवाफ फर्काउनेहरुले उक्त तर्क गरिरहेका हुन् । माओवादी सशस्त्र हिंसा, मधेश आन्दोलनका नाममा मच्चाइएका ताण्डव, चुनाव जित्न मान्छेलाई जिउँदै ईट्टा भट्टामा जलाइएका अपराधमा संलग्न भएकाहरु दण्डित नहुने मुलुकमा न्यायको आश गर्नु नै निरर्थक हो । सारा जनता र विश्व जगतसमेतको दबाबमा अदालती प्रक्रियाबाट दोषी करार गरिएकाहरुलाई त राजनीतिक लाभहानीमा मन्त्रिपरिषद र स्वयं राष्ट्रप्रमुखबाट अपराधीलाई सगर्व उन्मुक्ति दिने राजनीतिको बोलवाला भएका बेला यस्ता तर्क गर्नुको के तूक रहला र ?

हुनतः सबै जनतालाई समान बनाउने अर्थात् समभावको राजनीतिक दर्शन हो साम्यवाद भन्दै गाउँ–शहरबाट भोट बटुलेका कम्युनिष्ट नामधारीहरुले हत्यारा, चोर, डाँका, फटाहा, बिचौलिया, तस्कर, माफिया, भ्रष्ट कर्मचारी, कालाबजारी व्यापारीहरुलाई सम अर्थात् उस्तै देखे त के बिग्रियो ? जस्तो दर्शन यस्तै ब्यवहार कार्यान्वयन गरेको मात्रै हो भन्नेहरु पनि उत्तिकै छन् ।

सिंहदरबार वरिपरी सीमित राजनीतिक अपराधीकरण र भ्रष्टाचारको जालो टोल टोलमा पुग्यो । एकात्मक राज्य व्यवस्थाले मुलुकको सबै भागमा समभावले विकास र अवसर प्रदान गर्न नसकेको भन्दै स्थापित संघीयताको पहिलो चरणमै ठेस लाग्न पुगेको छ । जे जसरी हुन्छ, सत्तामा पुग्ने, टिक्ने र गलहत्याउने जस्तो केन्द्रीय राजनीतिमा देखिएको एक एक विकृति प्रदेश सत्तामा पुनरावृत्त हुन थालेको छ । सत्तालाई केन्द्र भागमा राखेर गराइएको एमाले र माओवादी केन्द्रको एकता ‘घ्यू बेचुवा र तरबार बेचुवा’ को जनउक्तिमा परिणत भएलगत्तै एकले अर्कालाई सिध्याउन जुनसुकै तहसम्मको हर्कत गर्न उद्दत भएका छन् । सत्ता टिकाउने एकसूत्रीय दर्शनमा वस्त्र उतार्दा उतार्दै ह्वार्लाङ्गै निर्वस्त्र हुँदा पनि लज्जाको कुनै कण नवस्थापित ‘महासामन्त’ हरुमा देखिन्न ।

राजनीतिलाई देश र जनता बदल्ने, जनताको दुःख निवारणका लागि साधन बनेर सेवा गर्नका लागि आएको हुँ भन्नेहरु नै डाइनोसर झै पलायन भएको नेपाली राजनीतिमा पछिल्लो प्रकरण कुनै आश्चर्यको विषय होइन । आज प्रत्येक पार्टीमा राजनीतिलाई सेवा ठान्नेहरु कुन दूलामा छन्, खोज्नुपर्ने अवस्था छ । कांग्रेस होस् वा कम्युनिष्ट दुबैका आदर्श धनवाद र डनवादमा परिवर्तित भएको छ । आदर्शको राजनीति गर्न खोज्नेहरु पलायन हुँदै गएका छन् । पार्टीका तल्ला निकायदेखि माथिल्ला पदसम्म जे जसरी भए पनि धन थुपारेकाहरुको कब्जामा पुगिसकेको छ । धन र डनको सहायतामा संरचना कब्जा गर्ने र तिनैको सेवामा समर्पित हुनु नै अहिलेको पछिल्लो राजनीति बनेको छ ।

नेपालको संसदीय राजनीतिलाई बदनाम बनाउने पहिलो कालखण्ड थियो, २०५१ सालको मध्यावधि निर्वाचन र त्यसपछिको संसदीय कालखण्ड । जसले प्राडो–पजेरो, सुरा–सुन्दरी, सांसद अपहरण/किनबेच, भ्रष्टाचार जस्ता काण्ड मात्र सृजना गरेन कि आम जनतामा दलीय राजनीतिप्रति नै वितृष्णा जगायो । परिणामः राजाको शासकीय महत्वाकांक्षा र माओवादीको व्यक्तिहत्या श्रृंखलाले एक दशक नेपाली माटोलाई लपेटिरह्यो । बहुदलीय शासन प्रणाली, जनता र मध्यमार्गी राजनीतिले लगातार प्रहार खेपिरह्यो । मध्यमार्गी राजनीति पराजित हुँदा दुई अतिवादी धारको बोलवाला रह्यो ।

सारा संसार कोरोना नामक अदृश्य विषाणुको चपेटमा परेर त्राहिमाम् हुँदा पनि केन्द्रदेखि टोले शासकहरुमा रत्तिभर जिम्मेवारी देखिन्न । जनता पीसीआर गर्ने किट र प्राण लम्ब्याउने अक्सिजन नपाएर प्याक प्याक पर्दै मृत्युश्यैयामा पुगिरहँदा निर्दयी राजनीति सत्ता टिकाउने गणितको जोडघटाउमा निर्लिप्त छ । बरु त्यही स्वास्थ्य सामग्री र अक्सिजन जोहो गर्ने नाममा मुलुकको ढुकटी लूड्याउने होड चलेको छ । राजनीति यति निर्मम र आपराधीक पनि हुनसक्ने रहेछ भनेर बाँचेकाहरु थाप्लोमा हात लगाउन विवश छन् ।

दशक लामो माओवादी सशस्त्र हिंसा, त्यसबाट सृजित राज्यको प्रतिहिंसा, विदेशी चलखेलले मुलुक नयाँ राजनीतिक मार्गमा पुग्यो । देशबाट राजतन्त्रको अन्त्य मात्र भएन, शासकीय प्रणाली नै परिवरिर्तत भयो । एकात्मक राज्य व्यवस्थाका स्थानमा संघीय र राजतन्त्रको ठाउँमा गणतन्त्र स्थापना गरिए । काठमाडौं केन्द्रित सिंहदरबारको शक्तिलाई गाउँ–गाउँमा पुर्‍याउने भन्दै टोल–टोलमा सिंहदरबार स्थापित गरिए । दूर्भाग्य, दुई दशक देश र जनताले जे जस्ता हण्डर र हुण्डरी खेपे पनि नेपाली राजनीति सोझिएको रहेनछ । ‘बाह्र वर्ष ढुङ्ग्रामा हाले पनि कुकुरको पुच्छर बाङ्गाको बाङगै’ भन्ने नेपाली उक्ति फेरि चरितार्थ भयो ।

सिंहदरबार वरिपरी सीमित राजनीतिक अपराधीकरण र भ्रष्टाचारको जालो टोल टोलमा पुग्यो । एकात्मक राज्य व्यवस्थाले मुलुकको सबै भागमा समभावले विकास र अवसर प्रदान गर्न नसकेको भन्दै स्थापित संघीयताको पहिलो चरणमै ठेस लाग्न पुगेको छ । जे जसरी हुन्छ, सत्तामा पुग्ने, टिक्ने र गलहत्याउने जस्तो केन्द्रीय राजनीतिमा देखिएको एक एक विकृति प्रदेश सत्तामा पुनरावृत्त हुन थालेको छ । सत्तालाई केन्द्र भागमा राखेर गराइएको एमाले र माओवादी केन्द्रको एकता ‘घ्यू बेचुवा र तरबार बेचुवा’ को जनउक्तिमा परिणत भएलगत्तै एकले अर्कालाई सिध्याउन जुनसुकै तहसम्मको हर्कत गर्न उद्दत भएका छन् । सत्ता टिकाउने एकसूत्रीय दर्शनमा वस्त्र उतार्दा उतार्दै ह्वार्लाङ्गै निर्वस्त्र हुँदा पनि लज्जाको कुनै कण नवस्थापित ‘महासामन्त’ हरुमा देखिन्न ।

सारा संसार कोरोना नामक अदृश्य विषाणुको चपेटमा परेर त्राहिमाम् हुँदा पनि केन्द्रदेखि टोले शासकहरुमा रत्तिभर जिम्मेवारी देखिन्न । जनता पीसीआर गर्ने किट र प्राण लम्ब्याउने अक्सिजन नपाएर प्याक प्याक पर्दै मृत्युश्यैयामा पुगिरहँदा निर्दयी राजनीति सत्ता टिकाउने गणितको जोडघटाउमा निर्लिप्त छ । बरु त्यही स्वास्थ्य सामग्री र अक्सिजन जोहो गर्ने नाममा मुलुकको ढुकटी लूड्याउने होड चलेको छ । राजनीति यति निर्मम र आपराधीक पनि हुनसक्ने रहेछ भनेर बाँचेकाहरु थाप्लोमा हात लगाउन विवश छन् ।

प्रतिक्रिया दिनुहोस्