Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


साढे ८ करोड जरिवानासहित जेल चलान


0
Shares

भक्तपुर, कात्तिक १ । अदालतले दोषी ठहर गरेपछि फरार रहेका सूर्यविनायक नगरपालिका–९, नलिन्चोकका प्रकाशराज खत्रीलाई शुक्रबार नलिन्चोकबाट पक्राउ गरी जिल्ला अदालत भक्तपुरले नख्खु जेल चलान गरेको छ ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गरी तीन वर्ष कैद र रु ८ करोड ५० लाख जरिवानाको फैसला सुनाएपछि फरार रहेका खत्रीलाई शुक्रबार महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाएको थियो ।

पक्राउ परेका खत्रीलाई शुक्रबारै नख्खु जेल चलान गरेको जिल्ला अदालत भक्तपुरका सूचना अधिकृत एवं तहसिलदार सघन अधिकारीले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले जाहेरी दिएको मुद्दामा २०७१ साल वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गरेपछि फरार रहेका खत्रीलाई प्रहरीले पाँच वर्ष ६ महिनामा पक्राउ गरेको उनले जानकारी दिए ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले खत्रीले जरिवानावापतको रकम नबुझाएपछि अदालतले जरिवानावापत १० वर्ष कैद सजाय थप गरी कुल १३ वर्ष कैद भुक्तान गर्नेगरी कारागार चलान गरिएको जानकारी दिए । रासस

Skip This