Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


चीन पुगेकी सांसद भुसालले भनिन् : चीन–नेपाल सम्बन्ध नयाँ उचाइमा पुग्यो


0
Shares

काठमाडौं । प्रतिनिधि सभाकी सांसद पम्फा भुसालले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमणले चीन–नेपाल सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी छन् ।

पूर्व महिला, बालबालिका तथा सामाजिक कल्याण मन्त्री समेत रहेकीसांसद भुसालले  चीनको बेइजिङ्गमा बिहीबार आयोजित ग्लोबल पोभर्टी रिडक्सन एण्ड डेभलपमेन्ट फोरममा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी ले गरिबी निवारणका लागि अघि बढाउनुभएको नीतिलाई नेपालले पनि अवलम्बन गरेको बताइन ।

फोरमलाई सम्बोधन गर्दै उनले अस्थिर राजनीतिबाट नेपालले मुक्ति पाइसकेको भन्दै अब गरिबी निवारणका लागि सरकारले नागरिकलाई गास, बास, कपास, शिक्षा र स्वास्थ्यको अधिकारको प्रत्याभूत हुने गरी काम गरिरहेको बताइन ।

नेपाल  अब सरकारको योजनाअनुरुप विकास उन्मुख मुलुकबाट केहीवर्ष भित्रै विकासशील मुलुकमा प्रवेश गर्ने उनको भनाइ थियो ।

ग्लोबल पोभर्टी रिडक्सन एण्ड डेभलपमेन्ट फोरममा नेपाललगायत  सेचिलिस, इण्डोनेशिया, इथियोपिया र विभिन्न एसियाली देशका प्रतिनिधिहरूले गरिबी निवारणमा आफ्नो देशले अहिलेसम्म गरेको कामबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपालका १४ जना सञ्चारकर्मीहरु पनि चिनियाँ दुताबास र सी एफपीएको  निमन्त्रणामा चीनको गरीबी उन्मूलन अनुभव अध्ययन गर्न र चिनियाँ मिडिया सहकर्मीहरूसँग कामको अनुभव साटासाट गर्न साता व्यापी चीन भ्रमणमा छन् ।