२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


४८९७ जना कोरोना संक्रमित थपिए


0
Shares

काठमाडौं, बैशाख १५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१३ हजार ​८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा पीसीआर ४७७४ र एन्टिजेन १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन् ।