
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल बिहीबार कम्बोडिया प्रस्थान गरेका छन् ।
कम्बोडियामा यही साउन १५ गते हुन गइरहेको संसदीय निर्वाचनको पर्यवेक्षण गर्न उनी कम्बोडिया जानुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
नेपालसँगै नेकपाका नेता तथा सांसद भानुभक्त ढकाल र नेपाली काँग्रेसका नेत्री तथा सांसद सुजाता कोइरालासमेत गएकी छिन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल ‘सेन्ट्रिस्ट् एसिया प्यासिफिक डेमोक्राट्स इन्टरनेशनल’को उपाध्यक्षसमेत हुन ।
उनी त्यहाँ रहँदा विश्वबाट आएका अन्य देशका नेतासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेकपाका नेता रिजालले जानकारी दिनेछन् ।
नेता नेपाल साउन १८ गते स्वदेश फर्कने छन् । रासस
प्रतिक्रिया दिनुहोस्