 
	    विकास पौडेल (इमेज)
चितवन, असोज ३० । जिल्ला प्रहरी कार्यालय चितवन परिसरभित्र रक्सीका बोतलहरु छरपस्ट रहेको पाइएको छ ।
शौचालयनजिक विभिन्न ‘ब्रान्ड’का रक्सीका खाली बोतलहरु फालिएको अवस्थामा भेटिएको हो ।
बिहीबार रक्सीका बोतलहरु देखेपछि तस्वीर खिच्नेक्रममा चितवनका पत्रकार केदार शर्मालाई प्रहरीले नियन्त्रणमासमेत लिएको थियो ।
प्रहरीले करिब ४५ मिनेट प्रहरी कार्यालयभित्र राखेर छाडेको पत्रकार शर्माले बताए ।
शर्माको मोबाइल खोसेर मोबाइलमा खिचेको तस्वीरसमेत प्रहरीले जबर्जस्ती ‘डिलिट’ गरेको छ । प्रहरीले दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको शर्माले बताए ।
सोही विषयमा पत्रकार सूर्य बराललाईसमेत प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको थियो ।
योबारेमा जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्