Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


स्थानीय तहलाई जति अधिकार दियो, त्यति छिटो विकास : बाबुराम


0
Shares

रेनु श्रेष्ठ (इमेज)

गोरखा, असोज ३० । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रदेश र स्थानीय तहलाई जति अधिकार दियो, त्यति छिटो विकास हुने दाबी गरेका छन् ।

बडादसैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वका अवसरमा बिहीबार समाजवादी पार्टी गोरखाले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले भने–‘जनसहभागिताले नै विकास हुने हो ।’

अर्काको अधिकार खोसेर तानातान गर्नुभन्दा पनि धेरैभन्दा धेरै अधिकार ‘तल’ दिनुपर्ने उनको भनाइ थियो ।