२० जेष्ठ २०८०, शनिबार | Sat Jun 3 2023


सरकार र अनशनरत डा. केसीका प्रतिनिधिबीच फेरि वार्ता सुरु


0
Shares

काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच फेरि वार्ता शुरु भएको छ ।

शिक्षा मन्त्रालयमा जारी वार्तामा दुबै पक्षका वार्ताकारहरुबीच सहमतिका लागि अधिकतम प्रयास गर्दैछन् ।

डा. केसीले उठाएका मागलाई सरकारले सदनमा पेश गरेको विधेयकमा कसरी समावेश गरेर सम्बोधन गर्ने भन्ने नै वार्ताको मूल विषय रहेको छ ।

यसअघि बालुवाटारमा सरकार र डा. केसीका पक्षबीच वार्तामा सहमति खोज्न सकिने बुँदाहरुमाथि छलफल भएकाले यसपटकको वार्तामा सहमति बन्ने आशा गरिएको छ ।

गए रातभर पनि प्रधानमन्त्रीले केसी पक्षका वार्ताकारहरुसँग वार्ता गर्नुभएको बताइएको छ ।

आज विहान सबेरसम्म भएको छलफलमा दुबै पक्षले पहिलो प्राथमिकता डा. केसीको स्वास्थ्यलाई बनाएका थिए ।

यसअघि, आजै डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले निकालेको शान्तिपूर्ण जुलुशमाथि प्रहरीले हस्तक्षेप गरेको थियो ।

शिक्षण अस्पतालबाट शान्तिपूर्णरुपमा निस्किएको जुलुशमाथि प्रहरीले हस्तक्षेप गरेको हो