
काठमाडौं । नेपाल चिकित्सक संघले २७ दिनदेखि अनशनरत डा.गोविन्द केसीको माग पूरा नगरे भोलिदेखि देशभरमा स्वास्थ्य सस्थाहरु ठप्प पार्ने चेतावनी दिएको छ ।
संघले भोलिदेखि आकस्मिक बाहेकको सबै सेवा ठप्प पार्न देशभरका सबै स्वास्थ्य सस्थालाई आह्वान गरेको छ ।
डा. केसीको स्वास्थ्य खस्किदै जाँदासमेत सरकारले वेवास्ता गरेको भन्दै संघले भोलिदेखि आकस्मिकबाहेकको कुनै सेवामा नबस्ने जनाएको हो ।
यसैबीच, गए रातभर प्रधानमन्त्रीले केसी पक्षका वार्ताकारहरुसँग वार्ता गरेको र छलफल सकारात्मक बनेको जनाइएको छ ।
बिहीबार विहान सबेरसम्म भएको छलफलमा दुबै पक्षले पहिलो प्राथमिकता डा. केसीको स्वास्थ्यलाई बनाएका छन् ।
त्यही बिन्दूबाट आज केहिबेरमा औपचारिक वार्ता गर्ने र डा. केसीसँग सहमति बन्न सक्ने स्रोतको दावी छ ।
प्रतिक्रिया दिनुहोस्