
काठमाडौं, बैशाख १० । नेपालमा पछिल्लो २४ घण्टामा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै ९४० जना हुन् ।
काठमाडौंका ७६०, ललितपुरका १०६ र भक्तपुरका ७४ जना थपिएका छन् ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ ।
यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्