Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


माधव समूहका नेतालाई पन्छाउदै ओलीद्वारा स्थायी कमिटी गठन, को–को परे ?


0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका एक जना पनि नेतालाई समावेश नगरी स्थायी कमिटी गठन गर्नुभएको छ ।

शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्ष ओलीले साविक नेकपा विभाजनपछिकै स्थायी कमिटीलाई एमालेको स्थायी कमिटीमा रुपान्तरण गर्नुभएको छ । ओलीले बनाएको स्थायी कमिटीमा बामदेव गौतम भने अटाउनुभएको छ ।

अध्यक्ष ओलीले १९ जनाको स्थायी कमिटी बनाउँदै बाँकी सदस्य पछि थप्ने बताउनुभएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । आजको बैठकले एमाले स्थायी कमिटीको अध्यक्षमा पार्टी अध्यक्ष ओली र उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल रहने निर्णय गरेको छ ।

स्थायी कमिटी सदस्यहरूमा ओली र पोखरेलसहित बामदेब गौतम, रामबहादुर थापा ‘बादल’, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदिप ज्ञवाली, लेखराज भट्ट, टोप बहादुर रायमाझी, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरूङ, रघुबीर महाशेठ, केशब बडाल र पुष्प राज कँडेल रहेका छन् ।