कामदारले फेला पारेको सकेट बम सेनाद्वारा निष्क्रिय • Image Khabar Image Khabar


कामदारले फेला पारेको सकेट बम सेनाद्वारा निष्क्रिय


Imagekhabar
२७ आश्विन २०७६, सोमबार १३:४६

कामदारले फेला पारेको सकेट बम सेनाद्वारा निष्क्रिय

लहान । सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित कमला नदीको बगरमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

सिरहाको चोहर्वास्थित शेरदल गणबाट गएको नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिए ।

बगरमा बालुवाले पुरिएको अवस्थामा नदीमा गिट्टी बालुवा कुट्ने कामदारले बम फेला पारेको प्रहरीले जनाएको छ ।

कामदारहरुले बम देखेपछि तत्कालै प्रहारीलाई खबर गरेका थिए । बम कसैले नराखी बाढीमा कतैबाट बगाएर ल्याएको हुनसक्ने प्रहरी उपरीक्षक चर्तुवेदीले बताए । 

                                          

 

प्रतिक्रिया दिनुहोस्