कांग्रेसको चियापान आज • Image Khabar Image Khabar


कांग्रेसको चियापान आज


Imagekhabar
२६ आश्विन २०७६, आईतवार ०९:०८

कांग्रेसको चियापान आज

काठमाडौं, असोज २६ । दशैं, तिहार र छठका अवसरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । हरेक वर्षजस्तै यो वर्ष पनि दशैं, तिहार र छठका अवसरमा कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले चियापान आयोजना गर्न लागेको हो ।

वि.सं. २०३३ सालमा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ । कांग्रेसले आज पार्टी मुख्यालय सानेपामा दिउसो १ देखि साँझ ५ बजेसम्म शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेसागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, विभिन्न सञ्चार माध्यमका प्रमुख, पत्रकारलगायतका विशिष्ट व्यक्ति एवं शुभेच्छुकको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्