१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


करिब १९ लाख नगदसहित जुवाडे पक्राउ


0
Shares

काठमाडौं, असोज २६ । नेपाल प्रहरीले १८ लाख ९२ हजार रुपैयाँ नगदसहित २१ जुवाडे पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । 

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसारकपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा राति २ बजे उनीहरुलाई पक्राउ गरिएको हो ।

‘ठूलो हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका हौँ,’ उनले भने ।

प्रहरीले पक्राउ परेकासँग रु १८ लाख ९२ हजार नगद र तास बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । (रासस)