सी चेन्नाईबाट काठमाडौं आइपुग्दै • Image Khabar Image Khabar


सी चेन्नाईबाट काठमाडौं आइपुग्दै


Imagekhabar
२५ आश्विन २०७६, शनिबार १५:२१

सी चेन्नाईबाट काठमाडौं आइपुग्दै

काठमाडौं, असोज २५ । नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङ केही समयपछि काठमाडौं आउँदैछन् ।

राष्ट्रपति सीको स्वागतका लागि नेपालले सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।

भारतको चेन्नाईमा रहेका राष्ट्रपति सी केही घन्टाअघि काठमाडौंका लागि प्रस्थान गरेको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार नेपाल आउन लागेका हुन् ।

चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्