काठमाडौं । पुराना पाइपलाइनबाट मेलम्चीको पानी वितरण हुँदा उपत्यकाबासीले समान रुपमा खानेपानी उपभोग गर्न पाएका छैनन् । नयाँ पाइपबाट वितरण अझसम्म हुन नसकेको र पुराना पाइपलाइनमा कुनै स्थानमा धेरै र थोरै उपभोक्तालाई पानी वितरण गर्नुपरेको कारण वितरण असमानुपातिक देखिएको हो ।
नयाँ पाइपलाइनको परीक्षणको काममा ढिलाइ भइरहँदा तत्कालका लागि पुराना पाइपलाइनको प्रयोग गरेर उपत्यकाबासीलाई खानेपानी वितरण गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ( केयूकेएल) ले परीक्षणको प्रक्रियामा ढिलाइकम कारण मेलम्चीको पानी वितरण हुँदा सबै उपभोत्तलाई समानुपातिक रुपमा पानी वितरणमा समस्या भइरहेको जनाएको छ।
केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले पुरानो पाइपलाइबाट पानी वितरण भइरहेकाले समानुपातिक वितरणमा समस्या आएको बताए । ”हाल मेलम्चीको पानी साढे ८ करोड लिटरमात्रै वितरण गरिरहेका छौ, कतिपय स्थानका उपभोक्ताले धेरै मात्रामा खानेपानी पाएका छन्, त कुनै स्थानका उपभोक्तले कम पानी पाएका छन्, यस्तो गुनासो बढिरहेको छ,” उनले भने ”पुराना पाइपलाइन सानो साइजको पनि छ, एउटै पाइपलाइनबाट धेरै उपभोक्तालाई पानी वितरण हुन्छ, त पानी कम जाने भयो अनि कुनै स्थानमा लामो समय पानी आयो त कुनैमा आएन भनेर गुनासो बढिरहेको छ ।”




प्रतिक्रिया दिनुहोस्