उदयपुरमा आमा–छोरीको विभत्स हत्या • Image Khabar Image Khabar


उदयपुरमा आमा–छोरीको विभत्स हत्या


Imagekhabar
२५ आश्विन २०७६, शनिबार १४:२५

उदयपुरमा आमा–छोरीको विभत्स हत्या

गाईघाट, असोज २५ । उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९, चौकीबारीमा शुक्रबार राति आमा–छोरीको विभत्स हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया सारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो ।

शनिबार बिहानमात्रै चौधरीका छिमेकीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो ।

घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख वीरबहादुर बुढामगरले राससलाई जानकारी दिए ।

मृतकको श्रीमान् वैदेशिक रोजगारीकाक्रममा विदेशमा रहेको र हत्या गर्ने व्यक्ति अझै पत्ता नलागेकाले सुनसरीबाट तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्