१५ जेष्ठ २०८१, मंगलबार | Tue May 28 2024


नेपालगञ्ज मेडिकल कलेजमा आइसीयू र आइसोलेशन सञ्चालन


0
Shares

बाँके । जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड सघन उपचार कक्ष र आइसोलेशन सञ्चालनमा ल्याएको छ ।

कोरोना संक्रमणको दर र मृत्युुदर तीब्र रूपमा बढ्दै गएपछि शिक्षण अस्पताल कोहलपुरमा १५ शैयाको सघन उपचार कक्ष तथा ३० शैया क्षमताको आइसोलेशन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले जानकारी दिनुभयो ।

कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी, कर्णालीर सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना संक्रमण दर कम भएसँगै कोभिड वार्ड हटाएको थियो ।