२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपाल र ओमान भिड्दै


0
Shares

काठमाडौं, असोज २३ । ओमानमा जारी ट्वेन्टी–२० क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ ।

यो खेल नेपाली समयानुसार बिहीबार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा सबैभन्दा बलियो टोलीकारुपमा देखिएको ओमान विरुद्धजित निकाल्दै शृंखलाको सुखद् अन्त्य गर्ने नेपालको चाहना छ ।

ओमानले अहिलेसम्म तीनओटै खेलमा जित निकालेको छ । भारत र पाकिस्तानी मूलका खेलाडी सम्मिलित टोली ओमानले घरेलु मैदानमा नेदरल्यान्ड्स, हङकङ र आयरल्यान्डविरुद्ध ऐतिहासिक जित निकालेको छ ।

नेपालले भने खेलेका तीन खेलमा दुई जित र एकमा हार व्यहोरेको छ ।

बुधबार भएको खेलमा नेपाललाई आयरल्यान्डले १३ रनले पराजित गरेको थियो ।

विश्वकप टी–२० छनोट खेल्ने तयारीमा रहेको ओमान र नेपाल टी–२० अन्तर्राष्ट्रियमा लामो समयपछि एकार्काविरुद्ध भिड्दैछन् ।

यसअघि, आयरल्यान्डमा भएको टी–२० विश्वकप छनोटको अभ्यास खेलमा यी दुई टोली खेल्दा वर्षाले बिथोलेको थियो ।