Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


कुखुराको मासुको मूल्य वृद्धि दोब्बर


0
Shares

काठमाडौं । पछिल्लो समय बजाम कुखुराको मासुको मूल्य अस्वाभाविक रुपमा महंगिएको छ ।

गत वर्ष वैशाखमा महिनामा प्रतिकेजी २ सय रुपैयाँ रहेको कुखुराको मासुको मूल्य अहिले बढेर ४ सय ५० रुपैयाँ पुगेको छ ।

कुखुराको चल्ला उत्पादन कम भएपछि एक वर्षको अवधिमा बजारमा मासुको मूल्य दोब्ब्र भन्दा बढीले वृद्धि भएको हो ।

कोरोना भाइरसको संक्रमण रोक्न गत वर्ष चैत ११ गतेदेखि लामो समयसम्म लकडाउन भएपछि प्यारेन्ट माउ ल्याउन नसक्दा त्यसको असर उत्पादन र मूल्यमा देखिएको हो ।

मुलुक मासु र अण्डामा आत्मनिर्भर भएपनि प्यारेन्ट माउ भने आयात गर्नुपरेको छ ।

३० प्रतिशत आन्तरिक उत्पादनले माग धानेपनि ७० प्रतिशत माउ आयात गर्नुपरेको ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेलले जानकारी दिए ।

चल्ला उत्पादन कम भएपछि बजारमा लगातार मासुको मूलय वृद्धि भएको उनको भनाइ छ । कारोबार