२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


चिनियाँ राष्ट्रपतिको भ्रमणः सुरक्षा व्यवस्था कडा


0
Shares

काठमाडौं, असोज २२ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार सी नेपाल आउने जानकारी गराएसँगै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए ।

‘चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौं । उहाँको सुरक्षामा कुनै कमी हुन दिँदैनौं’–उनले भने ।

प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाटसमेत थप जनशक्ति झिकाउने तयारी गरेको छ ।

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ । रासस