२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


थप ५३४ संक्रमित, ५ जनाको मृत्यु


0
Shares

काठमाडौं, बैशाख २ । नेपालमा कोरोनाका थप ५ सय ३४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षणबाट ४ सय ९० तथा ५ सय ६४ जनाको एन्टिजेन परीक्षणबाट ४४ गरी ५ सय ३४ जनामा संक्रमण देखिएको हो ।

जसमा काठमाडौं उपत्यकाका एक सय ९६ जना हुन् । काठमाडौंका १ सय ४५, ललितपुरका ४३ तथा भक्तपुरका ८ जना हुन् ।

त्यस्तै कास्कीका ३८, रुपेन्देहीका १६ तथा दाङ र मोरङ्गका समान १३ जना संक्रमित थपिएका छन् ।

थपिएका उमेर समूहमा २० वर्ष मुनिका ५२ जना, २० देखि २९ वर्षका १ सय ७ जना, ३० देखि ३९ वर्षका एक सय १४ जना, ४० देखि ४९ वर्षका ९२ जना तथा ५० देखि ५९ वर्षका ७२ जना हुन् । अहिलेसम्म १० वर्षसम्मका बालबालिका संक्रमित हुनेको संख्या ६ हजार ५ सय ८६ रहेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ८४ रहेको छ । बिहीबार थप ५ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ३ हजार ६६ पुगेको छ ।

अहिलेसम्म २ लाख ८२ हजार ५४ जना संक्रमित भएका छन् । बिहीबार एक सय ५७ थपिएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ६ सय ४ रहेको छ ।