उपत्यकामा २५४ सहित ६०३ जना कोरोना संक्रमित थपिए • Image Khabar Image Khabar


उपत्यकामा २५४ सहित ६०३ जना कोरोना संक्रमित थपिए


Imagekhabar
१ बैशाख २०७८, बुधबार १६:३६

उपत्यकामा २५४ सहित ६०३ जना कोरोना संक्रमित थपिए

काठमाडौं, बैशाख १ । नेपालमा एकैदिन ६०३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार २८९ जनाको पीसीआर परीक्षणबाट ५८० जना र ४५१ एन्टिजेन परीक्षणबाट २३ जना गरी ६०३ जनामा संक्रमण देखिएको बताउनुभयो ।

यो संख्या पछिल्ला केही महिनादेखिको उच्च हो ।

थपिएकामा काठमाडौं उपत्यकाका मात्रै २५४ जना हुन् ।

जसमा काठमाडौंका १७३, ललितपुरका ६१ तथा भक्तपुरका ३२ जना हुन् ।

हाल नेपालमा ४ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन् ।

तीमध्ये ८० जना आईसीयूमा र २५ जना भेन्टिलेटरमा रहेका छन् ।

१ सय २९ जना मात्र बुधबार कोरोनामुक्त भएका छन् ।

यो संख्या कुल संक्रमितको ९७ दशमलव ५ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्