१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024


विज्ञापन क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गरिन्छ– अध्यक्ष हुमागाँई


0
Shares

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरूको अन्त्य गर्ने बताउनुभएको छ ।

मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरूको अन्त्य गरिने बताउनुभएको हो ।

बोर्डको प्रमुख उद्देश्य विज्ञापन बजारको विस्तार गर्ने, विज्ञापन रहित नीतिको कार्यान्वयन र अवैध रूपमा विज्ञापन भइरहेका क्षेत्रहरूमा नियमन र नियन्त्रण गर्ने रहेको बताउनुभयो ।

सरोकारवालाहरु सँग छलफल गर्दै नीति निर्धारण गर्ने र व्यवस्थित रूपमा सञ्चालन गर्ने उहाँको भनाइ छ । बोर्डले सरकारी विज्ञापनको व्यवस्थापनका साथै महत्वपूर्ण मिडिया क्याम्पियनहरू सञ्चालन गर्ने पनि बताउनुभयो ।

अध्यक्ष हुमागाँईले लोककल्याणकारी विज्ञापनलाई बोर्डले व्यवस्थित बनाउने बताउनुभयो । केन्द्र, प्रदेश तथा स्थानीय स्तरको विज्ञापनको काम व्यवस्थित र संवेदनशील भएर सञ्चालन गर्ने पनि बताउनुभयो ।