Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


सिन्धुपाल्चोकको सुकुटेमा बसले लखेटी-लखेटी मोटरसाइकललाई हान्यो, एकको मृत्यु, दुईको अवस्था गम्भीर


26
Shares

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

साेमबार बसको ठक्करले माेटरसाइकलमा सवार त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठको खाडिचौरको सदावहार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौंबाट दोलखा जादै गरेको बा ३ ख ९६५८ नम्बरको अरनिको यातायातको बसले खाडिचौरबाट आउँदै गरेकोबा ५९ प ६९८६ नम्बरको मोटरसाइकलाई विपिरत दिशामा गएर ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन् । गम्भीर घाइते सोमबहादुर श्रेष्ठलाई उपचारको लागि काठमाडौंको ह्याम्स अस्पतालमा लगिएको छ, भने सानो बच्चाको पनि उपचार भैरहेको छ।

गाडीले विपरित दिशामा गएर मोटरसाइकललाई ठक्कर दिएको घटनास्थलमा रहेका सिन्धुपाल्चोकका पत्रकार दिनेश थापाले जानकारी दिनुभयो ।