
जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, असोज १७ । पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर–२, फलैंचामा एक व्यक्ति मृत अवस्थामा फेलापरेका छन् ।
मृत फेला पर्नेमा स्थानीय ३५ वर्षीय इन्द्रबहादुर कार्की रहेका छन् ।
ढुंगाले हानेर उनको हत्या गरेको अवस्थामा शव फेलापरेको वडाध्यक्ष देउकुमार योङहाङले बताए ।
स्थानीयले शुक्रबार बिहान मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत् फलैंचाको तिरतिरे भन्ने सडकमा व्यक्ति मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान गरेको प्रहरी निरीक्षक अनिल पौड्यालले जानकारी दिए ।
घटनाको मुचुल्का तयार पारी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको उनले बताए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्